एम्बाप्पेको निर्णायक गोलमा पिएसजीको जित, नेइमारले पाए रातो कार्ड

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले विश्वकपपछि लिग वानमा विजयी शुरुवात गरेको छ । गएराती समपन्न खेलमा पिएसजीले स्ट्रासबर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलीयन एम्बाप्पेले निर्णायक गोल गरेका थिए । एम्बाप्पेले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जित दिलाएका थिए । यस अघि खेलको १४औँ मिनेटमा मार्क्युन्होसले खेलको १४औं मिनेटमा गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५१औं मिनेटमा मार्क्युन्होसले नै आत्मघाती गोल गरेपछि स्ट्रासबर्गले खेल बराबरी गरेको थियो ।

यस खेलमा खेलको ६२औं मिनेटमा नेइमारले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो । नेइमारले स्ट्रासबर्गका खेलाडीलाई लडाएपछि रेफ्रीले दोस्रो पहेलो कार्ड दिएपछि उनले मैदान छोडेका थिए ।

यो जितपछि पिएसजीको लिगमा १६ खेलमा ४४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै स्ट्रासबर्गको १६ खेलमा ११ अंक छ र लिगमा १९औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *