प्रचण्ड प्रधानमन्त्री भएपछि मधेशका स्वतन्त्र सांसद कुशवाहाले रोजे माओवादी केन्द्र

जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार साँझ प्रदेशसभा सदस्य कुशवाहालाई पार्टीमा भित्र्याएका हुन् ।

सर्लाही ३ (१) बाट निर्वाचित उनी माओवादीमा प्रवेश गर्न प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए । कुशवाहा प्रवेश गरेसँगै मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदको सङ्ख्या ९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *