नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १६.३४ अंकले बढेर २०४५.३७ बिन्दुमा पुगेको हो ।

यस दिन नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन ४ अर्ब १ करोड ७ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएकाेि छ । यस दिन ११० कम्पनीको सेयर बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेकाे छ ।

यस दिन सृजनशील लघुवित्तको सेयर मूल्इ १० प्रतिशतले बढेको छ । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता १७६.५० रुपैयाँ बढेको छ ।

नविल बैंकको सेयर सबैभन्दा बढी संख्यामा कारोबार भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *