प्रदेश सभाको पहिलो बैठक : प्रदेश सभा नियमावली पारित
विराटनगर । प्रदेश १ सभाको पहिलो बैठकले पहिलो प्रदेश सभाबाट पारित भई सञ्चालनमा रहेको प्रदेश सभा नियमावलीलाई नै स्वीकार गरेर जाने निर्णय पारित भएको छ ।
प्रदेश सभाका ज्येष्ठ सदस्य को अनुमतिमा नेपाली काङ्ग्रेसका प्रदेश सघा सदस्य भीम पराजुलीको प्रस्तावमा नेकपा एमालेका प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीको समर्थनमा प्रदेश सभा नियमावलीलाई सर्वसम्मतिले पारित गरेको हो । प्रदेशसभा संचालनकालागि नभई नहुने नियमावली पारित भएसँगै प्रदेश सभाको बैठक सुरु भएको हो ।
यस्तै प्रदेश सभा बैठकले प्रदेश निजामती सेवा ऐन अध्यादेश र केही प्रदेश एन संशोधन गर्न बनेको अध्यादेश प्रदेश सभामा पेस भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश सभा सञ्चालन नभएको र स्थगित रहेको अवस्थामा अध्यादेश ल्याइएको बताए । २०७४ सालमा समानुपातिकबाट प्रदेश सभा सदस्य भएका शेखरचन्द्र थापाको निधनप्रति दुख व्यक्त गर्दै प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ ।
अर्को बैठक पुस २५ गते सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।