मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

विराटनगर । मोटरसाइकल चरीमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.–९ स्थित ठाकुरबाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका ७ बस्ने २१ वर्षीय रविन राजवंशी, बुढिगंगा गाउँपालिका ७ का वर्ष २५ को पन्चदेव खवास र विराटनगर महानगरपालिका १९ बस्ने वर्ष २१ को विकेश खवास छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *