उपचारका लागि लगिएका युवकले कीर्तिपुर अस्पतालबाट हाम फाले

काठमाडाैँ । कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन् । सोमबार राति साढे १० बजे युवक हाम्फालेर घाइते भएका हुन् ।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएकाे को जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो । त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *