श्रीलंकासँगको पहिलो टि-२० क्रिकेटमा भारत विजयी
काठमाडौँ । घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टी-२० क्रिकेटमा दुई रनले विजयी भएको छ । योसँगै तीन खेलको टि-२० श्रृंखलामा भारतले १-० को अग्रता बनाएको छ ।
वान्खडे मैदानमा गए राति भएको खेलमा भारतले दिएको १६३ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा १६० रनमा समेटियो । श्रीलंकाका कप्तान डसुन सनकाले ४५ रन तथा कुशल मेन्डिसले २८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । भारतका शिवम माभीले ४ विकेट लिए । त्यस्तै उम्रन मलिक र हर्सल पटेलले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । भारतका दिपक हुडा ४१ तथा अक्षर पटेल ३१ रनमा अविजित रहे । त्यस्तै इशान किशनले ३७ रन बनाए ।
श्रीलंकाका दिल्शान मधुशंका, महेश तिक्षणा, चमिका करुणारत्ने, धनन्जय डा शिल्भा र वानिन्दु हसरंगाले समान एक/एक विकेट लिए । दुई देशबीचको दोस्रो खेल बिहीबार र तेस्रो खेल शनिबार हुनेछ ।