ब्राइटनले एभर्टनलाई उसकै मैदानमा ४-१ ले हरायो

काठमाडौँ । इंग्लिस प्रिमिर लिगमा ब्राइटनले सानदार जित हात पारेको छ । ब्राइटनले एभर्टनलाई उसकै मैदानमा ४-१ को हार चखाएको हाे ।

ब्राइटनको जितमा काओरु मितोमा, इभान फर्गुसन, सोलेी मार्स र पास्कल ग्रसले गोल गरे । एभर्टनका डिमाराई ग्रेले एक गोल फर्काए । डिसन पार्कमा ब्राइटनले खेलको १४औं मिनेटमा मितोमाको गोलबाट अग्रता लिएको थियो । उनेल मोसेस काइसेडोको पासमा गोल गर्न सफल भएका थिए ।दोस्रो हाफमा ७ मिनेटको अन्तरमा तीन गोल थप्दै ब्राइटनले सहज जित हात पार्न सफल भयो ।

५१औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सोली मार्सले इभानको पासमा गोल गरेपछि ब्राइटनले खेलमा ३–० को अग्रता बनायो ।

५७औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई ४–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिमाराई ग्रेले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि ब्राइटन विजयी हुन सफल भयो ।

यस जितसँगै ब्राइटन १७ खेलबाट २७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १५ अंक जोडेर १६औं स्थानमा छ ।

अर्काे खेलमा फुलहमले लेस्टरलाई १–० ले पराजित गरेको छ । १७औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले गरेको गोल नै फुलहमको जितमा पर्याीत बन्यो । यस जितसँगै फुलहम १८ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित लेस्टर १७ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *