प्रदेश १ मा सर्वदलीय बैठक सकियो, २८ गते सभामुखकाे निर्वाचन तय

विराटनगर । प्रदेश १ प्रदेश सभामा भएका दलहरूको सर्वदलीय बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गरेको छ । बैठकले भोलिका लागि तय गरिएको प्रदेश सभा २६ गतेलाई सार्ने निर्णय गर्दै सभा मुख र उप सभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो ।

उप सभामुख भने २९ गते चयन गर्ने निर्णय भएको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की,नेपाली काङ्ग्रेसका उद्धव थापा, माओवादीका इन्द्र आङ्बो राप्रपाका भक्ति सिटौला सहभागी छन् । बैठकपछि मुख्यमन्त्रीको एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्ने छन् । एमाले श्रोतका अनुसार आजै सानो मन्त्री परिषद्को नामावली प्रदेश प्रमुख समक्ष पेस हुने छ ।

भोलि मुख्य मन्त्रीले शपथ खाएपछि अरू मन्त्रीहरुको पनि शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *