सानो आकारको मन्त्रीमण्डल बन्छ : मुख्यमन्त्री कार्की
मकालु खबर
२०७९ पुस २५ गते
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै दलहरूको सहमतिमा प्रदेश १ को नामकरण गर्ने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्ति पाएलगत्तै कार्कीले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुङ्ग्याउने प्रयास गर्ने बताए ।
प्रदेश १ को नाम विश्वासको मत लिएपछि अरू विषय अघि बढ्ने उल्लेख गरे । उनले मन्त्रिपरिषद्म कति सदस्य बन्ने भन्नेमा अहिले नै यकिन नभएपनि सानो आकारको बनाएर जाने दाबी गरे । मन्त्रालय बढाउनेतिर नभई घटाउनेतर्फ ध्यान दिइने उनले बताए ।
प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए । माओवादीले सभामुख पाउनसक्ने भएपनि अहिलेसम्म नटुङ्गिएको प्रष्ट पारे । उनले आफ्नो नेतृत्वको सरकारले सुशासनलाई प्राथमिकता दिने बताए ।
मकालु खबर
२०७९ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित