प्रदेश १ को शपथ ग्रहण : मञ्च मै घोचपेच
विराटनगर । सोमबार दिउसो २ बजे शपथ ग्रहण समारोह सुरु भइसकेको थिएन । प्रदेश १ सरकारका मुख्यमन्त्री र मन्त्रीलाई शपथ ग्रहणशुरू हुनै लाग्दा मञ्चमा मुख्यमन्त्री राजेन्द्र कुमार राई थिए ।
दर्शक दीर्घामा प्रदेश सरकारबाट बिदाइ हुँदै गरेका मन्त्री, सांसद , सचिव, उच्च सुरक्षा निकायका अधिकारीहरू थिए । शपथ ग्रहणमा कार्यक्रममा सहभागी हुन आएका थुप्रै नेता कार्यकर्ता थिए । पत्रकारहरू कतिवेला शपथ ग्रहण सुरु होला भनेर शपथ ग्रहणको प्रतीक्षामा थिए ।
त्यही बिचमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी मञ्च नजिकै पुगे र मञ्चमा रहेका सरकारबाट बिदा हुँदै गरेका राईलाई नमस्कार गर्दै पुगे । भण्डारीले राईलाई भने, बिदा हुन लाग्नु भएका मुख्यमन्त्रीलाई पनि नमस्कार त गर्नै पर्यो नि भन्दै नमस्कार गरे ।
भण्डारीको नमस्कार गराई र भनाइबाट राई असहज महसुस गर्दै थिए । भण्डारीलाई जवाफ दिँदै घोचपेच शैलीमा राईको जवाफ थियो, तपाईं पनि के के खानुहुन्छ रु माथि खाएर फेरि तल खान आउनु भएको छ । उनीहरू बिचको यो कुराकानीमा एक अर्कोतिर कटाक्ष देखिथ्यो ।
राई मुख्यमन्त्रीबाट बिदा हुँदै थिए भनेँ भण्डारी संविधान सभा सदस्य भई सकेका व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएर आएका हुन् । उनी केही दिन अघिमात्र प्रमुख सचेतकमा नियुक्त भएका थिए ।