प्रदेशप्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु : मुख्यमन्त्री कार्की 

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर जाने बताएका छन् ।
मुख्यमन्त्रीमा शपथ ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनतालाई प्रदेश संरचना हाम्रो संरचना हो भनेर स्थापित गराउने बताएका हुन् ।
 ‘हाम्रो संरचना हाम्रो लागि चाहिन्छ भन्ने स्थापित गराएर जाने प्रयास हुन्छ,’ उनले भने, ‘हामीले ल्याउने न्यूनतम साझा कार्यक्रममा यी विषयलाई समेटेर जानेछौँ ।’
जनताको छुन सकिने, भेट्न र देख्न सक्ने सरकारको रूपमा स्थापित हुने उनले प्रतिबद्धता जनाए । प्रदेश १ को नामकरणको विषयमा सबैको सहमतिको आधारमा नामकरणको विषय टुङ्ग्याएर जाने उनको भनाइ छ । नेकपा माओवादी सरकारमा सहभागी नभएको बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले तत्काल केही समस्या भएर नआएको भए पनि माओवादी सहितको सरकार बन्ने उनले दाबी गरे ।
उनले माओवादीसँग ५ वर्ष संयुक्त सरकार बनाएर प्रदेशमा सुशासनको पक्षमा काम गर्ने सहमति भएकोले चाँडै सरकारमा आउने उनको भनाइ छ।
‘सरकार गठन प्रक्रिया टुंगिएको हैन, भर्खर सुरुवात भएको छ,’ उनले भने, ‘उहाँहरू पनि आउनु हुने छ, मन्त्री मण्डलले छिट्टै पूर्णता पाउँछ ।’
मुख्यमन्त्री कार्कीले सरकार गठनले विश्वासको मत लिएपछि मात्र पूर्णता पाउने बताएका छन् । आज मन्त्री भएका विना विभागीय मन्त्रीहरूले भोलि या फर्सीसम्ममा जिम्मेवारी पाउने कार्कीको भनाइ छ ।
अहिले नियुक्त भएका मन्त्रीहरूलाई विना विभागीय बनाइनुमा जनताको तर्फबाट हुँदै आएको आलोचनालाई व्यवस्थित गर्नको लागि भएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *