विश्वकप जितेपछि मेस्सीको पहिलो गोल, पीएसजी विजयी

काठमाडौँ । कतार विश्वकप जितेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले पहिलो गोल गरेका छन् । फ्रेन्च लिग वानअन्तर्गत बुधबार राति भएको प्रतिस्पर्धामा पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन् ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा खेलको पाँचौं मिनेटमै अग्रता लिएको थियो । यसपछि ७२औं मिनेटमा मेस्सीले गोल थपेपपछि पीएसजी २-० गोलले विजयी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *