गण्डकीमा एमालेबाट मन्त्रीका दाबेदार गाहा बने प्रमुख सचेतक

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहालाई चयन गरेको छ । उनलाई अर्थमन्त्रीको रुपमा हेरिएको थियो । तर गाहालाई बिहीबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतकमा चयन गरेको हो ।

गाहा दोश्रो पटक प्रदेश सांसदमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि मन्त्री बन्ने चर्चा थियो । तर पाएनन् । पार्टी सरकारबाट बाहिरिएपछि सार्वजनिक लेखा समितिको सभापति भएर करिब १ वर्ष काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *