गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी
२०७९ पुस ३० गते
पोखरा । गण्डकी प्रदेशको सभामुखमा २ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट माओवादीका कृष्ण धिताल र कांग्रेसबाट सरस्वती अर्याल तिवारीले मनोनयन दर्ता गरेका हुन् ।
सभामुखका लागि आजै ३ बजे मतदान हुने संसद सचिवालयले जनाएको छ । गठबन्धनसँग ३२ भोट छ भने विपक्षमा २८ भोट छ । तर विपक्षमा बसेका स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङे मुख्यमन्त्रीको विश्वासको मत दिने बेलामा भने उपस्थित भएनन् ।
सत्तापक्षका १ जनाले सभाको अध्यक्षता गरेका छन् । त्यसैले मुख्यमन्त्रीको पक्षमा ३१मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । सभामुखमा पनि सोही मत पर्ने सम्भावना छ ।
२०७९ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित