पोखरामा जहाज दुर्घटना : ३२ जनाको शव फेला
२०७९ माघ १ गते
काठमाडौँ । यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाजमा काठमाडौँमा गएको चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोँचमा खसेको जहाजबाट ३२ जनाको शव निकालिएको छ। ९० प्रतिशत जहाज जलेको छ । आगो निभाउन अझै गाह्रो भइरहेको बताइएको छ ।
उनका अनुसार केहीबेर अलि निभेको थियो । तर फेरि दन्किएको छ
२०७९ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित