पोखरामा जहाज दुर्घटना : अझै आगो निभेन, ९० प्रतिशत जहाज जल्यो

काठमाडौँ । यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा ९० प्रतिशत जहाज जलेको छ । पोखरामा आइतबार दुर्घटनामा परेको एन एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार ९० प्रतिशत जहाज जलेको छ । आगो निभाउन अझै गाह्रो भइरहेको छ ।

उनका अनुसार आगो केहीबेर अलिक निभेको थियो । तर फेरि दन्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *