पोस्टमार्टमको टोली काठमाडौँबाट पोखरा आइपुगेन

पोखरा । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम अझै सुरु भएको छैन । काठमाडौँबाट आउने डाक्टरको टोली नआइपुगेका कारण ढिलो भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा। भरत खत्रीले जानकारी दिए ।

उनका अनुसार सोमबार बेलुकी र मंगलबार विहान बैठक बसेर पोस्टमार्टमको नेशनल टिम गठन गरिएको छ । समूहमा ५ जना पोखराका छन् भने २ जना काठमाडौँबाट झिकाउन लागेको छ ।

‘काठमाडौँबाट आउने दुईजना एयरपोर्टमा हुनुहुन्छ । उहाँहरु आउने बित्तिकै पोस्टमार्टम सुरु हुन्छ,’ उनले भने, ‘हामी शवहरूको पोस्टमार्टम गरेर आजै परिवारलाई बुझाउन तयार छौँ । आउने बित्तिकै प्रक्रिया सुरु गर्छौँ ।’

उनका अनुसार शवको नम्बरका आधारमा पोस्टमार्टम हुनेछ । १ देखि ६८ नम्बरसम्मको शव रहेको र पहिचान हुने शवको मात्रै पोस्टमार्टम गरिने उनको भनाई छ । ‘पहिचान भएका शवको पोस्टमार्टम गर्नेछौँ । पोस्टमार्टम पछि हस्तान्तरण आफन्तलाई गरिन्छ,’ अघि भने, ‘यहाँ पोस्टमार्टम नहुनेहरूको टिचिङमा हेलिकोप्टर मार्फत पठाइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *