गण्डकीमा सरकारी निवास खाली, नयाँ मन्त्रीको बास लेकसाइडको होटलमा

पोखरा । गण्डकीमा नव नियुक्त मन्त्री सीता सुन्दास अहिले लेकसाइडस्थित एक होटलमा बस्दै आएकी छिन् । पोखरामा डेरा र घर नभएकी उनी मन्त्री बनेपनि होटलमै बस्दै आएकी हुन् ।

मन्त्री बनेपनि मन्त्रालयको टुंगो नलागेका कारण उनले सरकारी निवास प्रयोग गर्न पाएकी छैनन् । सीताले मात्रै होइन, गण्डकीका अन्य २ जना पनि सरकारी निवासमा सरेका छैनन् । मन्त्री हरिबहादुर चुमानको पोखरामा डेरा छ । उनी डेरामै बसिरहेका छन् भने अर्का मन्त्री पञ्चराम गुरुङ घारिपाटनस्थित आफ्नै घरमा बस्दै आएका छन् ।

मन्त्रालय नटुंगिदासम्म मन्त्रीलाई निवास दिन समस्या भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारी भने बुधबार सरकारी निवास सरेका छन् । गण्डकीमा मन्त्रालयको सङ्ख्यामा निर्णय नहुँदा मन्त्रीमण्डल विस्तारमा विलम्ब भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *