दुई गोलले पछि परेको म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो
मकालु खबर
२०७९ माघ ६ गते
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
२-० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चार गोल गरेर खेल जितेको थियो । टोटनह्यामले दुवै गोल पहिलो हाफमा गरेको थियो । म्यानचेस्टर सिटीको जितमा रियाद महरेजले दुई गोल गरेका थिए भने जुलियन अल्भारेज र ईर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । टोटनह्यामका लागि डेजान कुलुसेभ्सकी र एमर्सन रोयलले एक एक गोल गरेका थिए ।
यो जितपछि सिटीको १९ खेलमा ४२ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको आर्सनलभन्दा ५ अंकले पछाडि रहेको छ । यद्यपि आर्सनल एक खेल कम खेलेको छ । टोटनह्यामको २० खेलमा ३३ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।
मकालु खबर
२०७९ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित