गण्डकीको मुख्य न्यायधिवक्तामा बराल नियुक्त
मकालु खबर
२०७९ माघ ७ गते
पोखरा । मुख्यमन्त्रीको कानूनी सल्लाहकार तथा मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् ।
उनलाई उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार शपथ गराएका हुन् ।
बराल पोखरा २६ का स्थायी बासिन्दा हुन् । काठमाडौँमा वकालत गर्दै आएका उनी मुख्य न्यायधिवक्तामा नियुक्त भएपछि शनिबार नै पोखरा आएका छन् ।
मकालु खबर
२०७९ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित