लक्ष्मी महतो कोइरीलाई कारबाही हुन्छ, पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला : गृहमन्त्री (भिडिओ)

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या आरोपित कोइरी महतो पक्राउ नभएको विषयमा बोल्ने मात्रै नभएर नतिजा पनि निकालेर देखाउने बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठक (उपसभामुख निर्वाचन) पछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसदलाई पक्राउ गर्ने विषयमा आफूले बोलेर मात्रै नभई छिट्टै रिजल्ट आउने दाबी गरेका हुन् ।

उनले भने, ‘हामीले सबै सुरुआत गरिसकेका छौँ। रिजल्ट आइहाल्छ। अहिले मुखले बोलेर भन्नुभन्दा पनि रिजल्टले देखाउने कुराहरू हो, एक जनाको मात्रै होइन। धेरैको कुराहरू छन्। त्यो नतिजा आइहाल्छ। नतिजा नआउन्जेलसम्म प्रक्रियामा प्रश्नहरू स्वाभाविक रूपमा हुन्छन्। तर नतिजा आउँछ। थाहा पाइहाल्नुहुन्छ।’

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । उनलाई पक्राउ गर्नुपर्ने आवाज सांसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनी पक्राउ परेका छैनन्, बरु संसद् बैठकमा नियमित जस्तो उपस्थित हुने गरेका छन् ।

यसबारे प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले मौलक रुपमा दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै कोइरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न लिखित निर्देशन दिएको बताएको थियो ।

एमाले संसद् कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *