कांग्रेसले पाउने भयो प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा
मकालु खबर
२०७९ माघ ९ गते
काठमाडौँ । नेपाली कांग्रेसले संसदको प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा प्राप्त गर्ने भएको छ ।
संघीय संसद सचिवालयले प्रचलित ऐनअनुसार कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा प्राप्त गर्ने भन्दै कांग्रेस संसदीय दललाई पत्र पठाएको हो ।
यसअघि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि कांग्रेस पनि कानुनअनुसार सत्ता पक्ष बनेको व्याख्याहरु हुन थालेका थिए ।
यसबारे अलमल भई प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा नपाएपछि कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संघीय संसद सचिवाललाई निवेदन लेखेर सेवा सुविधा दिलाउन माग गरेका थिए ।
उक्त निवेदनकै जवाफमा सचिवालयले यस्तो पत्र पठाएको हो ।
मकालु खबर
२०७९ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित