सांसदले संसद बैठकमा उपस्थित हुनुपर्छ कि पर्दैन ? : सांसद मण्डल

काठमाडौँ । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले संसद चलिरहेका बेला सांसदहरू बैठकमा अनुपस्थित हुने र हाजिर गर्ने थलाे मात्रै बनेकाे बताएका छन् । २७५ सांसद मध्ये सदमा बाेल्दै उनले ९६ जना सांसद बैठकमा रहेकाे र उपस्थित मध्ये पनि ९ जना बाहिर रहेकाे बताए ।

‘संसद चलिरहेको बेला कति जना संसद हुनुपर्छ कि पर्दैन,’ उनले भने, ‘यो गरिमामय सदन हाजिर गर्ने थलो बनेको हो ? जनताले संसदमा प्रतिनिधि पठाएको भन्छन् । तर, हामी कहाँ हाजिर भइरहेका छौँ । यसबारे सचेत हुनुपर्ने छ ।’

अहिले संविधान र कानुनकै कारण प्रमुख प्रतिपक्ष को हो भन्नेमा ‘कन्फ्युजन’ रहेको बताएका छन् ।

नव निर्वाचिन सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *