प्रेम आचार्यले फेसबुकमा नाम लिएका व्यक्तिविरुद्ध स्वागत नेपालले दिए जाहेरी
मकालु खबर
२०७९ माघ १२ गते
काठमाडौँ । संसद भवन बाहिर आत्मादाह गर्नुअघि इलामका प्रेमप्रसाद आचार्यले फेसबुकमा नाम लिएका व्यक्तिविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।
अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका हुन्।
आत्माहत्या दुरुत्साहनको कसुरमा जाहेरी दर्ता भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
मंगलबार संसद भवन बाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार बिहान मृत्यु भएको थियो ।
मकालु खबर
२०७९ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित