रवि लामिछाने रास्वपाको सभापतिसमेत नरहने
मकालु खबर
२०७९ माघ १३ गते
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली नागरिक नै नरहेको ठहर गरेपछि रवि लामिछानेले लिएका सबैजसो सार्वजनिक तथा वैधानिक पदहरु खारेज हुने भएका छन् । उनले सांसद, उपप्रधानमन्त्री, गृहमन्त्रीसहित पार्टी सभापति पद समेत गुमाएका छन् ।
रवि नेपाली भए पनि नेपाली नागरिक हुन नागरिकता प्रमाणपत्र लिनै पर्ने र त्यसका लागि उनी प्रक्रियामै प्रवेश नगरको सर्वोच्चको ठहर छ ।
सर्वोच्चको संक्षिप्त फैसलाअनुसार रविले अमेरिकी नागरिकता(ग्रिन कार्ड) लिँदा नेपाली नागरिकता त्यागेका थिए । तर, उनले ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता लिनै कुनै आवेदन नै नदिई २०५० सालमा आफूले लिएकै नागरिकता पेश गरेका थिए ।
मकालु खबर
२०७९ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित