अस्वस्थ घरलाई स्वस्थ बनाउँदै : सिभिल सेवा
काठमाडौँ । सिभिल सेवा कम्पनीले पूर्वाञ्चलमा पहिलो पटक घरलाई स्वस्थ र सुन्दर बनाउन निरीक्षण र नवीकरणको सेवा सुचारु गरेको छ ।
घरको स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न उक्त सेवा सञ्चालनमा ल्याएको सिभिल सेवा कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार घरको स्वास्थ्यमा पानी रसाउने, भित्ता चर्किने, पेन्ट उक्किने जस्ता समस्याहरू हुने गर्दछन् । यसले मानिसको स्वास्थ्यमा पनि असर पार्न सक्छ । यी सब निर्माण कार्यमा भएको लापरबाही र अदक्षताको परिणाम हो ।
कम्पनीले यस्ता समस्याको समाधान गरी नयाँ प्रविधि र दक्ष कामदारको प्रयोग गरी घर तथा भवनलाई दीर्घकालीन, स्वस्थ र सुन्दर बनाउने बताएको छ ।
अमेरिका तथा अन्य युरोपेली देशहरूले इन्जिनियरद्वारा योजना, निर्माण सामग्रीको छनोट र लागत जस्ता कुराहरूमा विशेष ध्यान दिएको हुन्छ । घर निर्माण सम्पन्न भएपछि कुनै पनि समस्या देखा नपरोस् भन्नका लागि यस बाहेक पनि स–साना कुराहरूमा ध्यान दिनुपर्ने कम्पनीले बताएको छ ।
सिभिल सेवाले घर तथा भवन निर्माणमा हुने समस्यालाई निर्मूल पार्ने र त्यसकालागि लाग्ने अनुमानित रकमको रिपोर्ट दिने काम गर्दछ । साथै उक्त रकम अनुसारको निरीक्षण र नवीकरणको काम पनि गर्दछ । कम्पनीले ५ सय भन्दा बढी घरहरूमा निरीक्षण र ५० भन्दा बढी घरहरूमा नवीकरणको काम गरिसकेको छ ।