धनकुटा महोत्सवमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते (नामावलीसहित)

काठमाडौँ । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । महोत्सवको क्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न अत्यधिक मानिसहरू जम्मा भएपछि भीडमा च्यापिएर उनीहरू घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीकाअनुसार घाइतेमध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन्  ।

प्रतिष्ठानमा पनि उपचार हुन नसकी दुई बालबालिकालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचाररत ६ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उनको भनाई छ ।

  • घाइतेहरूको विवरण: 

घोपा धरानमा उपचार भई रहेको घाइतेहरू
१, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३१ की विष्णु राई अवस्था मध्यम ।
२, ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू अवस्था गम्भीर २३ः०० बजे गोल्डेन अस्पताल विराटनगर रेफर ।
३, वर्ष अ. ४५–५० की गोमा कार्की अवस्था मध्यम ।
४, वर्ष अ. २२-२३ की अनिषा राई अवस्था मध्यम ।
५, वर्ष अ. ४०-४२ को नारायण राई अवस्था मध्यम ।
६, वर्ष अ. ३-४ को नाम नखुलेको बच्चा अवस्था मध्यम गोल्डेन अस्पताल विराटनगर रेफर ।
७, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ अवस्था मध्यम ।
८, वर्ष अ. ३३–३४ की बुद्धिमाया लिम्बू अवस्था मध्यम ।
९, वर्ष अ. १७-१८ को सबिन पौडेल अवस्था मध्यम ।
१०, वर्ष ४०–४२ को सन्दीप साह अवस्था मध्यम ।
११, जिल्ला धनकुटा धनकुटा नपा ४ बस्ने वर्ष १२ को प्रवेश राई, अवस्था मध्यम ।
१२, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल, अवस्था मध्यम  ।
१३,  जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।
१४, जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई, अवस्था मध्यम ।
१५. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३० की विनीता लिम्बू, अवस्था मध्यम ।
१६, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू, अवस्था सामान्य ।
१७, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू अवस्था सामान्य ।
१८, जिल्ला धनकुटा धनकुटा नपा ७ अ. वर्ष ५० को प्रकाश प्रधानलाई ११ बजे राती घोपा धरान पठाएको खुट्टामा चोट, बोल्न सक्ने ।

जिल्ला अस्पताल धनकुटामा १२ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएको
१, धनकुटा नपा ७ बस्ने वर्ष १४ को अंशु सुबेदी अवस्था सामान्य ।
२, धनकुटा नपा १ बस्ने वर्ष ४६ को बिसन तामाङ अवस्था सामान्य ।
३, धनकुटा नपा १ बस्ने वर्ष ४१ को उदित राई अवस्था सामान्य ।
४, धनकुटा नपा १ बस्ने वर्ष ८ को आर्यन राई अवस्था सामान्य ।
५, धनकुटा नपा १ बस्ने वर्ष ४८ को नन्द कुमार तामाङ अवस्था सामान्य ।
६, धनकुटा ५ बस्ने वर्ष ४१ की शान्ता योगी अवस्था सामान्य ।
७, धनकुटा ३ वर्ष ४० कि रेनुका गुरागाई अवस्था सामान्य ।
८, पख्रिबास १ बस्ने वर्ष २३ की रिना पाण्डे अवस्था सामान्य ।
९, धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना अवस्था सामान्य ।
१०। धनकुटा ६ बस्ने वर्ष ४० को प्रेम दाहाल अवस्था सामान्य ।
११, धनकुटा ५ बस्ने वर्ष ३० कि विनीता सुब्बा अवस्था सामान्य ।
१२, पख्रिबास ६ बस्ने वर्ष १७ को अनिश कार्की अवस्था सामान्य ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *