आजै रविलाई पार्टी सभापति बनाउने तयारी
मकालु खबर
२०७९ माघ १५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने तयारी गरेको छ ।
सर्वोच्च अदालतले १३ माघमा उनको नेपाली नागरिकता कायम नरहेको ठहरसहित उनको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज हुनै फैसला गरेपछि उनी आइतबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकताकाे प्रमाणपत्र लिएसँगै उनलाई पार्टी सभापति बनाउन पार्टीको तयारी रहेको प्रवक्ता मुकुल ढकालले बताएका छन् ।
दिउँसो ३ बजे रास्वपाले केन्द्रीय समितिको बैठक समेत राखेको छ ।
मकालु खबर
२०७९ माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित