आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउन गएकी महिलाको मृत्यु
मकालु खबर
२०७९ माघ १६ गते
काठमाडौँ । पोखरामा आत्मदाहाको प्रयास गरेका एक पुरूषलाई बचाउन गएकी महिलाको जलेर मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १३ काहुँखोलामा आत्मदाहको प्रयास गरेका ४३ वर्षका कृषी कार्कीलाई बचाउन जाँदा स्थानीय ४० वर्षीया संगीता सापकोटासमेत जलेर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी सापकोटालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएका थिए । उपचारको क्रममा उनको आइतबार राति मृत्यु भएको हो । उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
क्षेत्री सापकोटाको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । उनले आइतबार पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए । क्षेत्रीको शरीरको २५ प्रतिशत भाग जलेको छ ।
मकालु खबर
२०७९ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित