पोखरामा सहकारीका व्यवस्थापकले गरे आत्महत्या
मकालु खबर
२०७९ माघ १६ गते
पोखरा । पोखरामा एक सहकारीका व्यवस्थापकले आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका– ९ शिवटोलमा रहेको डल्फिन सहकारीका व्यवस्थापक लेखुराम खातीले आत्महत्या गरेका हुन् ।
आइतबार सहकारीको बैठक सकेर घर गएका उनी राती मृत फेला परेका हुन् । उनी झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
सहकारीको आर्थिक अवस्था नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दबाब दिएपछि घटना भएको हुन सक्ने बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मकालु खबर
२०७९ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित