राष्ट्रिय योजना आयोगको सदस्यमा ज्ञवाली, महत र शाक्य नियुक्त
मकालु खबर
२०७९ माघ १६ गते
काठमाडौँ । सरकारले राष्ट्रिय योजना अयोागको सदस्यमा सुशील ज्ञवाली र कुेशन्द्र महत र अञ्जना शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, श्रीलंकाको ७५ औं वार्षिक उत्सवमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, कोहलपुर सुर्खेत १३२ केवी आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी इन्जिनिर नितेश यादवलाई तोक्ने निर्णय पनि भएको छ ।
मकालु खबर
२०७९ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित