रविलाई पुनः गृहमन्त्री बनाउन र एमालेलाई राष्ट्रपति दिन प्रचण्डलाई ओलीको दबाब
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादीका केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बालुवाटारमा छलफल भएको छ ।
छलफलका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई गृहमन्त्री पदमै पदस्थापन गर्न ओलीले राय दिएका छन् । जवाफमा प्रचण्डले नागरिकता विवादमा मुद्दा परेर उक्त मुद्दा प्रक्रियामा रहेको अवस्थामा प्रक्रिया पूरा नहुनञ्जेलसम्म रविलाई गृहमन्त्रीमा पदस्थापन गर्दा त्यसले राम्रो सन्देश नजाने बताएका छन् ।
निजकिँदो राष्ट्रपतिको निर्वाचनबारे पनि ओली र प्रचण्डबीच छलफल भएको छ ।
राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोज्ने र कुनै ख्यातीप्राप्त व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने धारणा प्रचण्डले राखेका छन् ।
ओलीले भने सरकार गठनका बेला एमालेलाई राष्ट्रपति दिने सहमति भएकोले यति छिटै उक्त सहमति भुल्न नहुने बताएका छन् ।