भारतले नेपाललाई साढे ५ अर्ब अनुदान दिने, भुटानलाई २४ अर्ब
मकालु खबर
२०७९ माघ १८ गते
काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२३/२४ नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ । नयाँ आर्थिक वर्षका लागि भारतले ल्याएको बजेटमा नेपालका लागि उक्त रकम अनुदान दिनेगरी विनियोजन गरेको हो ।
भारतले कमजोर आर्थिक अवस्था भएका मित्रराष्ट्रहरुलाई दिने अनुदान रकम बजेटमै विनियोजन गरेर संसदबाट पारित गराउने गरेको छ ।
नेपाललाई भारतले यो वर्षका लागि विनियोजन गरेको बजेट गत वर्षको तुलनामा २ अर्ब भारुले कम हो ।
सबैभन्दा बढी भारतले भूटानलाई दिने अनुदान रकम विनियोजन गरेको छ । भुटानलाई यो आर्थिक वर्षमा भारतले २४ अर्ब भारु अनुदान दिने गरी विनियोजन गरेको छ ।
मकालु खबर
२०७९ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित