राज्यमन्त्री दिए पनि कांग्रेस सरकारमा आउँछ : ओली
मोरङ । सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाएका छन् । उनले प्रतिपक्षमा बस्छु भनेर संसद सचिवालयमा निवेदन समेत दिएको कांग्रेसले राष्ट्रपतिका लागि जोड गरेको सन्दर्भलाई लक्षित गर्दै राज्य मन्त्री दिँदा पनि कांग्रेस सरकारमा आउन तम्तयार रहको आरोप लगाए ।
त्यस्तै, सत्ता साझेदार दलबीच भएको पूर्व सहमति अनुसार सत्ता पक्षको नेकपा एमालेबाटै राष्ट्रपति हुने पनि उनले बताए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिहीबार यस्तो बताएका हुन् ।
सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति अनुसार गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नै पाउने बताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वसहमति अनुसार गृहमन्त्री रास्वपालाई नदिए स्वाभाविक रुपमा विवाद हुने भन्दै उनले अहिले त्यस्तो अवस्था नरहेको र गठबन्धनमा कुनै समस्या नआउने उनले बताए ।
‘रास्वपाले कसलाई गृहमन्त्रीमा पठाउँछ त्यो त्यही पार्टीको काम हो,’ उनले भने, ‘रास्वपाले रवि लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरूलाई के को टाउको दुखाइ ।’