नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ
मकालु खबर
२०७९ माघ १९ गते
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
सांसद चौधरी बिहीबार दिउँसो बाँकेको कोहलपुरबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।
उनलाई अहिले धनगढीतर्फ लैजाँदैछ ।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निवर्वाचित सांसद चौधरीमाथि सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा छ ।
मकालु खबर
२०७९ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित