आफैँले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि नेता घनश्याम भुसाल बेहोस, अस्पताल भर्ना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

आफैँले चलाएको गाडी बानेश्वर नजिक डिभाइडरमा ठोक्किएपछि उनी केहीबेर बेहोस भएका थिए । उनलाई मीनभवनमा रहेको सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।

उनी आफैँले गाडी चलाएर पार्टी कार्यालय जाँदै थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *