सांसद चौधरीको रिहाइको माग गर्दै नाउपाद्वारा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

दाङ । पक्राउ परेका आफ्नो पार्टीका संघीय सांसद अरुणचौधरीको रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार प्रदेशसभा बैठक सुरु हुनासाथ नागरिक उन्मुक्तिका सांसदले बसेको स्थानबाट उठेर विरोध जनाएका हुन् ।

सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिएका थिए । चौधरीले आफ्ना प्रतिनिधिसभाका सांसद अरुण चौधरीको रिहाईको माग गरे । उनले थारुलाई मात्रै जेलमा कोच्ने काम भएको भन्दै सरकार कसले चलाइरहेका छ भन्ने प्रश्न गरे ।

त्यसपछि विशेष छलफलका लागि भन्दै सभामुख तुलाराम घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *