परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग आज साँझ भेट गर्दै

काठमाडौँ । श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले उनले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्नेकार्यक्रम छ ।

भेटवार्तापछि उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछिन् ।

भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित समारोह एवं परेड कार्यक्रममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यक्रम छ ।

कार्यक्रम सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *