माओवादी स्थायी कमिटी बैठकमा पार्टीको विषयमा मात्र कुरा भयो : महरा (भिडिओ)
मकालु खबर
२०७९ माघ २१ गते
काठमाडौँ । शनिबारको माओवादी स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले दुई महिनापछि पार्टी सीसीको बैठक बस्ने निर्णय गरेको बताए ।
उनले माग २६ देखि फिल्डमा गएर जनता र कार्यकर्ताको कुरा सुन्ने समेत बताए । बैठकमा पार्टीको मात्र कुरा भएको सरकारबारे छलफल नभएको तर्क दिए ।
त्यस्तै, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले रास्वपाले दिएको दुई दिनको समय सक्कियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा भने,
‘कुरा हुँदैछ समस्याको समाधान हुन्छ ।’
मकालु खबर
२०७९ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित