कुखुरा र अण्डा सडकमा फयाँकेर झापाका किसान आन्दोलनमा
मकालु खबर
२०७९ माघ २४ गते
वीराटनगर । झापाका कुखुरापालक किसानले सडकमा कुखुरा र अण्डा फालेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको अण्डा र कुखुराले बजार नपाएको भन्दै विर्तामोडको मुक्ति चोकमा उनीहरुले कुखुरा र अण्डा फालेर प्रदर्शन गरेका हुन् ।
सरकारले पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिरहँदा उत्पादित कुखुराका लागि बजारको व्यवस्थापन गर्न नसकेको उनीहरुको भनाई छ ।
किसानसँग सस्तोमा लिएका अण्डा र कुखुराको मासु बजारमा पुग्दा उपभोक्ताहरुले भने ठूलो मूल्य तिर्नुपरेको र यसले विचौलिया मोटाउने अवस्था आएको उनीहरुको गुनासो छ ।
बैंकको बढ्दो ब्याजदरको मारमा परेको भए पनि सरकारले कुनै राहत कुखुरा पालक किसानलाई नदिएको भन्दै उनीहरुले कुखुरा र अण्डा सडकमा छोडेका हुन् ।
तस्बिर साैजन्य : अदीप मुखिया
मकालु खबर
२०७९ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित