प्रजातन्त्र दिवस विधिवत मनाइने, प्रधानमन्त्रीको संयाेजकत्वमा मुल आयोजक समिति गठन

काठमाडौँ । सरकारले आगामी ७ फागुनमा विधिवत रुपमा प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयामा मंगलबार बिहान बनेको बैठकले यस्तो निर्णय गरेको हो । यसका लागि प्रधानमन्त्री दाहालको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ ।

नेपालमा ७ फागुन २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापना भएकोले उक्त दिनको सम्झना र प्रजातन्त्रको सम्मानस्वरुप नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिँदै आएको छ । देशमा गणतन्त्र ल्याउने भन्दै सशस्त्र युद्ध गरेको माओवादी सत्तामा आएपछि र गणतन्त्र स्थापना भएपछिका केही वर्षसम्म सरकारले प्रजातन्त्र दिवस मनाउन छोडेको थियो । अब फेरि मनाउन थालिएको छ ।

त्यस्तै नेपालमा, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र जस्ता अनेक खालका एकै प्रकृतिका दिवस धेरै भएकोले र एकै प्रतिकृतिका दिवसमा पनि सरकारी बिदा दिने चलन रहेकोले बिदा कम गर्ने त्यस्ता दिवसलाई एकीकृत गर्नुपर्ने विषयमा सोच्नु पर्ने भएको उक्त बैठकमा प्रधानमन्त्री दाहालले बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *