भारतमाथि ३–१ को जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्ध ३–१ गोलको जित निकाल्दै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशको राजधानी ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

खेलको २१औँ मिनेटमा भारतका लागि अपूर्व नाजारीले गोल गरेकी थिइन् ।

तर ४७औँ मिनेटमा नेपालका लागि अन्जली चन्दले भारतलाई एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् ।

नेपाली टोलीकी कप्तान प्रिती राईले ६८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । त्यस्तै नेपालका लागि अमिसा कार्कीले ८९औँ मिनेटमा गोल गर्दै ३–१ को जित दिलाएकी हुन् ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको यु–२० महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *