लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी

काठमाडौँ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान कार्यक्रम भइरहेको छ । दाङको घारोहीमा रहेको कर्मचारी मिलन केन्द्रमा बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो । मतदान कार्यक्रम दिउँसो ३ बजेसम्म चल्ने छ ।

यो उपनिर्वाचनमा राष्ट्रिय सभा सदस्य पदमा नेकपा एमालेका कुमार दसौंदी, नेपाली कांग्रेससका माधवप्रसाद आयार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय उम्मेदवार छन् ।

यो निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । प्रदेशमा ८७ प्रदेश सांसद, २१८ पालिका प्रमुख–उपप्रमुख गरी कुल ३०५ जना मतदाता छन् । यो प्रदेशमा कुल १०९ पालिका रहेका छन् ।

ती पालिका मध्ये ४८ पालिकामा कांग्रेस, २७ मा माओवादी केद्र, ३ मा जसपा, २–२ पालिकामा जनमोर्चा र लोसपा र १–१ पालिकामा राप्रपा र जनता प्रगतिशीलले जितेका छन् । त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

मतदान सकिएसँगै मतगणना गरी आजै परिणाम घोषणा गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएक छन् ।

२३ असोजमा नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *