माओवादी केन्द्रकाे संगठन विभाग प्रमुख जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको पुरानै कार्यविभाजनलाई कायम राखेको छ । उक्त पुरानो विभाजन अनुसार संगठन विभाग प्रमुखमा उपमहासचिव जनार्दन शर्मा र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा उपमहासचिव वर्षमान पुन कायमै भएका छन् ।

त्यस्तै, पार्टी वरियतामा अध्यक्ष पुष्पकमल दाहालपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल रहेका छन् । त्यस्तै, महासचिवमा देव गुरुङ उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव छन् ।

एक वर्षअघि सम्पन्न भएको माओवादीको आठौँ महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिन सकेको थिए ।

पार्टीको स्थायी समितिको १२ देखि २१ माघसम्म बसेको बैठकले पुरानै कार्यविभाजनलाई कायम गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *