प्रतिनिधिसभा नियमावली मस्यौदा समितिकाे बैठक

फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा फौजदारी अपराध गरेको अभियोग लागेर पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति भएको छ । फौजदारी अभियोग लागेका सांसदलाई अदालतले दोषी ठहर नगरेसम्म निलम्बन नगर्ने सहमति समितिको बैठकमा जुटेको हो ।

यद्यपी, समितिमा कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एसका सांसदहरुले भने फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसदलाई निलम्बन नै गर्नुपर्ने बताएका थिए । उनीहरुको विरोधका बीच सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम रहनेमा सहमति जुटेको हो ।

प्रतिक्रिया

One thought on “फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने सहमति

  1. लुट चुतिया हो लुट।ईमानदार र स्वच्छ छवि भएका कुनै पार्टिमा अटाउन सकेनौ।भ्रस्टाचारी र पैसा र पावर हुनेकै दिन रहेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *