नेता र पार्टी बदनाम भए अर्थतन्त्रमा समस्या आउँछ : नेता भुसाल
मकालु खबर
२०७९ माघ २७ गते
काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टी सचिवालय सदस्य घनश्याम भुसालले राजनीतिमा कुनै नेता र पार्टी बदनाम भए अर्थतन्त्रमा समस्या थपिने बताएका छन् । उनले लाेकतन्त्रमा देशविकास गर्ने पात्र चाहिने भन्दै त्याे पात्र भनेकाे राजनीतिक पार्टी नै रहेकाे बताए ।
उनले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण आफू अनुकूलको चाहँदा देश गलत बाटोमा जाने भन्दै राजनीति र अर्थतन्त्र एक ठाउँमा आएपछि नेपालको जस्तो लोकतन्त्रलाई कमजोर बनाउने बताए ।
उनले भने, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ, लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ । पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन् ।’
मकालु खबर
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित