सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने ओलीको दाबी
मकालु खबर
२०७९ माघ २७ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले भनेकै व्यक्ति राष्ट्रपति हुने दावी गरेका छन् ।
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छौ त्यही हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् । ओलीले सुदूरपश्चिम सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताए ।
त्यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको पनि प्रतिक्रिया दिए ।
२७ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुँदैछ । २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ ।
मकालु खबर
२०७९ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित