चालू वर्ष नयाँ कार्यक्रम नल्याइने, यस्तो छ बजेट समीक्षाको पूर्णपाठ
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा नयाँ कार्यक्रमहरु नल्याउने घोषणा गरेका छन् । चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उनले संसदमा यस्तो बताएका हुन् । उनले मापदण्ड, कार्यविधि, निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रमसमेत स्थगित गर्ने बताएका छन् ।
चालू वर्ष राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको, अनुदान प्राप्ति कम भएकोलगायत कारण बजेट अभाव भएकाले त्यस्ता कार्यक्रम स्थगित गर्नु परेको उनले बताए । कार्यान्वयनमा जान बाँकी आयोजनालाई पनि अब प्राथमिकताका आधारमा मात्रै कार्यान्वयनमा लाने व्यवस्था गरिएको उनले बताए ।
चालु र अत्यावश्यक नभएका प्रकृतिका खर्चहरु कटौती गर्ने लगायतका काम गरेर यो वर्ष बजेटको आधार २ खर्ब ४४ अर्बले घटाइएको पनि उनले बताएका छन् ।
बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ