मोरङ सुनसरी औद्योगिक क्षेत्रका २० जनालाई २४ दिने दक्षता अभिवृद्धि तालिम

विराटनगर । विराटनगरमा २४ दिने पिएलसी अटोमेशन तालिम सुरु भएको छ।

उद्योग सङ्गठन मोरङको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा मोरङ सुनसरी अाैद्याेगिक क्षेत्रका उद्योगमा कार्यरत पिएलसी अटोमेशनमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका २४ दिने तालिम सुरु भएको हो । विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत २० जना सहायक स्तरका पिएलसी सेक्सनमा कार्यरत कर्मचारीहरूको ज्ञान र सीप अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको उद्योग सङ्गठन मोरङले जनाएको छ ।

दैनिक तीन घण्टा सञ्चालन हुने तालिमले सहायक स्तरका कर्मचारीहरूको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्षता अभिवृद्धि हुने आयोजकको दाबी छ । तालिम अवधिमा सहभागीहरूलाई स्वचालन परिचय, यसका पार्टहरू, परीक्षण उपकरण, समस्या निवारण, ऊर्जाको समुचित व्यवस्थापन पद्धति, नयाँ मेशिनको स्थापना र सुरक्षा संयन्त्र, उत्पादकत्व अभिवृद्धि लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन हुने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए ।

उद्योग सङ्गठन मोरङले उद्योगले प्रतिष्ठानहरूलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन सञ्चालनमा ल्याएको सीप विकास एकाई स्थापनाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । सो इकाईको समन्वयमा आगामी दिनमा वर्कर्स दरफर ट्रेनिङ अन्तर्गत लेथ र वोइलर सम्बन्धी तालिम सञ्चालन गरिने संगठनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *